खेलकुद

गामा एसियन च्याम्पियनसिपमा रचना सिलवाललाई रजत पदक

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले गामा एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । मलेसिया मिक्स मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगिताको यु–१६ महिला ४६ केजीमुनि रचनाले रजत जितेकी हुन् ।

मलेसियाको पुत्रजयामा भएको प्रतियोगितामा नेपाली खेलाडीले थप २ कांस्य पनि जिते । यु–१६ महिला ४२ केजीमुनि प्रकृति राई तथा यु–१८ पुरुष ६० केजीमुनि एलिस बोम्जनले कांस्य हात पारे ।

प्रतियोगितामा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष एवं गामा नेपाल रेफ्री राजीव महर्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा गामा नेपालका अध्यक्ष विनोद महर्जन, प्रशिक्षकद्वय उमेश महर्जन र राज महर्जन तथा टिक व्यवस्थापकमा सागर चित्रकार सहभागी भएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्