खेलकुद

नेपाली टोली जुडो टोली जोर्डन प्रस्थान

काठमाडौं । अम्मान एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली सोमबार जोर्डनको अम्मान प्रस्थान गरेको छ ।

जुलाइ १६ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि विशेष विक तथा ६० केजीमुनि सविनकुमार दियालीले प्रतिस्पर्धा गर्ने छन् ।

टिम व्यवस्थापकमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे तथा प्रशिक्षकमा कविराम घर्ती मगर रहेका छन् । त्यस्तै जुडो संघका अध्यक्ष एवं जेयुएका एजुकेसन डाइरेक्टर दीपकहर्ष वज्राचार्य पनि अम्मान गएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले सामबारै एक कार्यक्रमबीच बिदाइ गरिन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्