गभर्नर ग्याभिन न्युसमद्वारा तीन महत्वपूर्ण प्रशासनिक नियुक्ति
स्याक्रामेन्टो। गभर्नर ग्याभिन न्युसमले आफ्नो कार्यकालको अनितिम दिन अन्तिम दिन नजिकिदै गर्दा पनि राजनीतिक र प्रशासनिक नियुक्तिहरू गर्ने क्रम जारी राखेका छन् ।
व्हिटियरका इयान ओर्डोनिजलाई ‘क्यालिफोर्निया बिजनेस एन्ड कन्ज्युमर सर्भिसेज एजेन्सी’मा विशेष सल्लाहकार, क्यान्यन कन्ट्रीकी ला टाङ्गा हार्डीलाई ‘कमिशन अन टिचर क्रेडेन्सियलिङ’ (शिक्षक प्रमाणीकरण आयोगमा, हेमेटका जोई ई. हन्टरलाई ‘प्राइभेट सेक्युरिटी डिसिप्लिनरी रिभ्यु कमिटी, साउथ’मा र स्याक्रामन्टोका जेरेमिया “जेरी” टुमीलाई क्यालिफोर्निया डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसनमा लगानी तथा वित्तीय सेवा हेर्ने वरिष्ठ उप-आयुक्तका रूपमा नियुक्त गरेका छन्।
यसैगरी वेस्ट कोभिनाकी आइलिन मिराण्डा जिमेनेजलाई ‘कमिशन अन टिचर क्रेडेन्सियलिङ’ शिक्षक प्रमाणीकरण आयोगमा,
ओरेन्जकी तामारा फेयरबैंकलाई ‘कमिशन अन टिचर क्रेडेन्सियलिङ’ शिक्षक प्रमाणीकरण आयोगमा र लस एन्जलसकी मार्किटा ग्रेनोट-शायरलाई ‘कमिशन अन टिचर क्रेडेन्सियलिङ’ (शिक्षक प्रमाणीकरण आयोगमा नियुक्त गरेका छन्।