बङ्गालको खाडीमा चक्रवाती आँधी ‘मुरासु’ बन्दै
काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिणपश्चिम बङ्गालको खाडी तथा आसपासको मध्यमपश्चिम बङ्गालको खाडीमा चक्रवाती आँधी ‘मुरासु’ बनेको छ ।
महाशाखाका अनुसार मौसम मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणको आधारमा कात्तिक १५ गते आइतबार बिहान ११ः४५ बजे सो चक्रवाती आँधी बनेको छ ।
कात्तिक १६ गते सोमबार मध्यमपश्चिम बङ्गालको खाडीमा यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस प्रणाली निरन्तर पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा नेल्लोर रर नरसापुरबिचबाट शक्तिशाली चmत्रवाती आँधीका रुपमा जमिनमा प्रवेश गर्ने सम्भावना रहेको छ ।
हालसम्मको विश्लेषण अनुसार उक्त मौसम प्रणालीका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन । विभागले सो प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार थप सूचना अद्यावधिक गर्ने बताएको छ ।