खेलकुद

अन्तरकलेज बासकेटबल प्रतियोगितामा सीसीआरसी र मनास्लु फाइनलमा

काठमाडौं । सीसीआरसी र मनास्लु एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

कीर्तिपुरस्थित कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले केभीसीलाई ९७–७२ ले पराजित गर्यो । सीसीआरसीका विसन खड्काले ३१ अंक जोडे । पहिलो क्वाटर २२–२२ को बराबरीमा टुंगियो । दोश्रोमा ३३–१४ को अग्रता लिएको सीसीआरसी तेश्रोमा २२–२३ को झीनोअन्तरले पछि प¥यो । चौथो क्वाटर २०–१३ ले आफ्नो पक्षमा पार्दै सीसीआरसीले जितअन्तर फराकिलो बनायो ।

अर्को सेमिफाइनलमा मनास्लुले पुष्पसदनलाई ७५–६८ ले हरायो । मनास्लुका दिवस मगरले १६ स्कोर गरे । तेश्रो क्वाटरको समाप्तिसम्म मनास्लु समग्रमा ६ अंकले पछि परेको थियो । मनास्लु पहिलोमा १७–१९ र दोश्रोमा ८–२० ले पछि परेको थियो । त्यसपछिको खेलमा पुनारगमन गरेको मनास्लु तेश्रोमा २१–१३ र चौथोमा २९–१६ को अग्रता लिदै जित सुनिश्चित ग¥यो ।

दुवै टिम अपराजित फाइनल पुगेका हुन् । ५ टिम रहेको समूह ‘ए’ बाट सीसीआरसी तथा ४ रहेको समूह ‘बी’ बाट मनास्लु विजेताका रुपमा सेमिफाइनलमा पुगेका थिए ।

एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजनमा पुल्चोकियन्स फिट्नेस हबले आयोजना गरेको प्रतियोगतामा शीर्ष तीन स्थान हात पार्ने क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । फाइनल मंगलबार हुनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्