खेलकुद

नेपाल भलिबल लिगको मुख्य प्रशिक्षक छनोट

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) ले आफ्नो पहिलो संस्करणका लागि सबै ६ वटा फ्रेन्चाइज टोलीको मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया आज काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावली अनुसार सम्पन्न उक्त प्रक्रिया निष्पक्ष, पारदर्शी र सहमतिपूर्ण ढंगले सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी सबै फ्रेन्चाइजका आधिकारिक प्रतिनिधिहरूले प्रशिक्षक बाँडफाँड प्रक्रियाप्रति आफ्नो पूर्ण सहमति जनाउँदै आधिकारिक रूपमा हस्ताक्षर गरेका छन् ।

फ्रेन्चाइज अनुसार नियुक्त मुख्य प्रशिक्षकहरू यस प्रकार रहेका छ:

१. सगरमाथा स्म्यासर्स – उत्सव खड्का
२. मधेश वारियर्स – भारत यादव
३. काठमाडौं रेड्स – निपा बहादुर बि.के.
४. अन्नपूर्ण स्पाइकर किंग्स – रमेश के.सी.
५. कर्णाली शिवराज – चन्द्रबहादुर कुँवर
६. खप्तड फाल्कन्स – रुपेश कुमार बिष्ट

नेपाल भलिबल लिगले नेपाली भलिबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित सबै सरोकारवालाको निरन्तर सहयोग र साथप्रति आभार व्यक्त गर्दछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्