खेलकुद

प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिता शनिबारदेखि

काठमाडौं । प्याराडाइस स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको ।

प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा ७ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एकेडेमीका अध्यक्ष बद्री महतले जानकारी गराए । ब्वाइजलाई ४ तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

ब्वाइजको समूह ‘ए’ निम्स, ऋत, मनास्लु र नवोदित तथा समूह ‘बी’ मा न्युटन, ग्रिनफिल्ड, सीसीआरसी र हेराल्ड रहेका छन् । ओरियन्ट, सगरमाथा, भ्याली पब्लिक र लालीगुराँस नेसनल एकेडेमी समूह ‘सी’ तथा एलआरआई, गोल्डेनगेट र जेभियर समूह ‘डि’ मा छन् । समूह विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

त्यस्तै गल्र्सको समूह ‘ए’ मा गोल्डेनगेट, निम्स, सगरमाथा र जेभियर ‘ए’ तथा समूह ‘बी’ मा एलआरआई भ्याली पब्लिक र जेभियर ‘बी’ रहेका छन् । समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

अध्यक्ष महतले बास्केटबलको विकास र वितारमा प्रतियोगिताले थारै भएपनि योगदान पु¥याउने विश्वास व्यक्त गर्दै नवनिर्मित संरचनाको प्रवद्र्धन गर्नु अर्को उद्देश्य रहेको बताए ।

एकेडेमीका संस्थापक विष्णु भण्डारीले प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने बताए । उनले १० रोपनीमा फैलिएको एकेडेमीमा बास्केटबलको संरचना निर्माण पूरा भएको बताउदै विभिन्न खेलका पूर्वाधारको पनि निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको बताए ।

साउन २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका ३, साइबाबा चोकस्थित आयोजकको आफ्नै कोर्ट खेलाइने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्