नेपाल

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज विराटनगरको विभिन्न अस्पताल पुग्नुभएको छ ।

विराटनगरस्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर गृहमन्त्री गुरुङले घाइतेका स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीको स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिनुभयो ।

त्यसक्रममा गृहमन्त्रीले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको थियो । गृहमन्त्रीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज पुगेर मृतकका आफन्तसँग पनि भेट गर्ने कार्यक्रम छ ।

यही साउन १० गते सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्