नेपाल

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुई मध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो ।

चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बस्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताउनुभयो । उहाँका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।

उहाँका अनुसार बडीमालिका क्षेत्रमा सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहराको खोजी कार्यका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर सो क्षेत्रमा प्रस्थान गरेको छ ।

यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । त्यसमध्ये पूर्वका तीन जना भने बडीमालिकाबाट फर्केर मार्तडी पुगिसकेका छन् । रासस

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्