खेलकुद
हिमालयन १०० एडिसन–३ चेस प्रतियोगिता सन्देश बरुवाल प्रथम
काठमाडौं। हिमालयन १०० एडिसन–३ रेटिङ १८०० भन्दा कमका खेलाडीहरूबीच आयोजित चेस प्रतियोगिता २०२६ सम्पन्न भएको छ ।
हिमालयन चेस एकेडेमी थापाथलीको आयोजनामा एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बल्खुमा शनिबार सम्पन्न दुई दिने प्रतियोगितामा ओखलढुंगाका सन्देश बरुवाल प्रथम भएका छन् । ८ अंकसहित पहिलो स्थान हात पारेका उनले १० हजार रुपैयाँ पाएको एकेडेमीका निर्देशक यसिर खम्बूले जानकारी दिए।
प्रतियोगितामा काभ्रेका अञ्जन श्रेष्ठ ८ अंकसहित दोस्रो हुँदै ७ हजार तथा काठमाडौं फुटुङका रामकुमार कार्की ७.५ अंकसहित तेस्रो हुँदै ४ हजार रुपैयाँ पुरस्कारका हकदार बने।
यसैगरी, काठमाडौं जोरपाटीका प्रतीक सुवेदी ७ अंकसहित चौथो हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे। पाँचौँदेखि दशौँ स्थानसम्म क्रमशः सन्तोष गौतम, आभाश तिवारी, सुभानदीप थापा, हार्दिक पन्त, कविन्द्र शिवाकोटी र आशिष गुप्ता रहे। उनीहरूले जनही २ हजार रुपैयाँमा चित्त बुझाए।
प्रतियोगितामा प्रदेशगत उत्कृष्ट खेलाडीहरू पनि सम्मानित भएका छन्। कोशीका सुनिल घिमिरे, मधेशका भोला चौधरी, बागमतीका हेम भण्डारी, गण्डकीका रिदम भट्टराई, लुम्बिनीका ऋष्ण थापा मगर, कर्णालीका अविन पाण्डे र सुदूरपश्चिमका शुभम जोशी उत्कृष्ट घोषित हुँदै जनही १ हजार ५०० रुपैयाँ पाए।
त्यसैगरी, पूर्णा नारायण अवाले उपत्यकाका उत्कृष्ट खेलाडी घोषित भए। गणेश बहादुर थापा उत्कृष्ट एलो १७०० र श्रीवासन दाहाल उत्कृष्ट एलो १६०० रहे। यी तीनै जनाले जनही १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा विभिन्न जिल्लाका १८०० भन्दा रेटिङ कमका १२७ भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो। विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई कुल ५० हजार बराबरको नगद पुरस्कार वितरण गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ।
प्रतियोगितामा विभिन्न जिल्लाका १८०० भन्दा रेटिङ कमका १२७ भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो। विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई कुल ५० हजार बराबरको नगद पुरस्कार वितरण गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ।
प्रतियोगिताअन्तर्गत आइतबार १५ वर्षभन्दा मूनीका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगितामा भने १०० खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्।