राजनीति
रास्वपा सभापति रवि लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत जाँदै छन्। उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ।
लामिछाने शुक्रबारदेखि तीन दिनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ।
उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम तय गरिएको छ।