अर्थ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु.एक हजार ५०० र चाँदीमा पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९८ हजार ७०० निर्धारण भएको छ ।

त्यति नै परिमाणको चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ । सोमबार एक तोला सुन एक लाख ९७ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.