राजनीति

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व चयन भएको छ । गाउँ तथा नगर अधिवेशनअन्तर्गत नौ स्थानीय तहमा सर्वसम्मत र एकमा मतदानमार्फत नेतृत्व चयन भएको हो ।

जिल्लाका ८५ वडामा वडा अधिवेशनपछि वडा सभापतिसहितको नेतृत्व चयनपश्चात् सबै स्थानीय तहमा गाउँ तथा नगर सभापतिसहित नेतृत्व चयन भएको नेपाली कांग्रेसकासचिव हरिहर शर्माले राससलाई जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दीपक अदै र जैमिनी नगरपालिकाको सभापतिमा काशिराम आचार्य चयन सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी, गलकोट नगरपालिकामा हिमबहादुर भण्डारी सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँले १७१ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी पवन हमालले ८७ मत प्राप्त गर्नुभयो ।

ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका, बरेङ गाउँपालिका सभापतिमा मोतिराम गौतम, काठेखोला गाउँपालिका सभापतिमा ज्ञामनाथ कँडेल, बडिगाड गाउँपालिका सभापतिमा रणबहादुर भुजेल, निसीखोला गाउँपालिका सभापतिमा खिमबहादुर कार्की र तमानखोला गाउँपालिका सभापतिमा झकबहादुर बुढा चयन हुनुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्