डायस्पोरा

कोलोराडोमा नेपाली घरको सहयोगार्थ खेलिएको देउसी भैलोमा २८ हजार भन्दा बढी सहयोग संकलन

नातिबाब भट्ट, कोलोराडो। नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा खेलिएको देउसी–भैलोबाट २८ हजार डलर भन्दा बढी सहयोग संकलन गरिएको छ ।

यही नेभेम्वर ७ तारिक साँझ नेपाली घरको आयोजनामा वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा खेलिएको देउसी–भैलोमा १५ हजार ५ सय ७० र अरोरा तथा सेन्टिनियलवासी नेपाली समुदायको आयोजनामा अरोरास्थित Falcon Creek Middle School १३ हजार ५५ डलर गरी जम्मा २८ हजार ६ सय २५ डलर सहयोग संकलन गरिएको हो ।

साँस्कृतिक केन्द्र नेपाली घरमा खेलिएको देउसी–भैलोमा खेलिएको देउसी–भैलोको उद्घाटन सबिता श्रेष्ठ र अरोरामा आयोयोजित देउसी–भैलोको कान्ता रेग्मी द्वारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो । नेपाली राष्टियगान संगै अगाडी बढाइएको कार्यक्रम साँझ ५ बजे देखि राति ९ बजेसम्म सञ्चालन भएको थियो ।

आफ्नो स्थापना कालदेखि नै देउसी भैलो खेल्दै आएको नेपाली घरले कार्यक्रमलाइ भब्य र सब्यरूपमा सफल बनाउन साँस्कृतिक सचिव दिनेश कार्किलाइ संयोजनको जिम्मा दिएको थियो भने, अरोराको कार्यक्रम सफलातका साथ सम्पन्न बनाउन नेपाली घरका कोषाध्यक्ष राजन सापकोटाले संयोजनको जिम्मा लिएका थिए ।

कोलोराडोमा रहेका नेपाली भाषी समुदायको बाक्लो उपस्थिती रहेको कार्यक्रमा विशेषगरी साना बालबालिकाहरूको
व्यापक सहभागीता र सकृयता बिच कार्यक्रम सम्पन्न हुनु सराहनिय पक्ष रहेको छ । दुबै कार्यक्रममा बाल बालिकाहरूले तिहार सम्बन्धि गीतमा शुन्दर नृत्य प्रश्तुत गरेका थिए भने केहीले गीत गाएर आफ्नो कला प्रश्तुत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा गायिका संझना पाण्डे, निलम श्रेष्ठ, उत्तरा श्रेष्ठ, दिनेश कार्की लगायतले शुन्दर गीत गाएर श्रोता दर्शकको मन जित्न सफल भएका थिए । कार्यक्रममा नेपाली भाषी भुटनिज समुदायको पनि उल्लेख्य सहभागीता र सहयोग रहेको थियो ।

यसैगरी दुवै कार्यक्रममा परंपरागत शैलीमा देउसी भेलो खेलिएको थियो । कार्यक्रम सफल बनाउन सिर्ष्टर ग्रुप दिदीबहिनी समुह कोलोराडो लगायतका संघ संस्थाहरूको सकृय सहभागीता रहेको थियो ।यसैबिच नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले सामाजिक संजाल मार्फत देउसी भैलोमा सहभागी सबैलाइ धन्यवाद दिएका छन् ।

उनले भनेका छन् , नेपालीघर द्वारा आयोजित देउसी–भैलो कार्यक्रममा आफ्नो अमूल्य समय प्रदान गरी उत्साहजनक सहभागिता जनाउनुहुने सम्पूर्ण सहयोगी दाताहरू, स्वयंसेवकहरू, कलाकारहरू, सहभागीहरू, शुभेच्छुकहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति म आफ्नो व्यक्तिगत तर्फबाट तथा नेपाली घर परिवारको तर्फबाट हृदयदेखि नै हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु।

यहाँहरूको उत्साहपूर्ण सहभागिता, सहयोग, सद्भाव र आत्मीयताले कार्यक्रमलाई केवल एउटा सांस्कृतिक उत्सवमा मात्र सीमित नराखी आपसी प्रेम, सद्भाव, एकता र नेपालीपनको सुन्दर संगमका रूपमा स्थापित गरेको छ। देउसी–भैलो हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानको अमूल्य धरोहर हो। विदेशको व्यस्त जीवनशैलीका बीच पनि आफ्नो भाषा, कला, संस्कृति र परम्परालाई जीवन्त राख्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने यस अभियानमा यहाँहरू सबैको सहभागिता अत्यन्तै प्रशंसनीय र प्रेरणादायी छ।

नेपाली घरप्रतिको यहाँहरूको लगन, मेहनत, समर्पण र नेपाली समाजप्रतिको निःस्वार्थ सेवाभाव सधैँ यसरी नै कायम रहिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। यहाँहरूजस्ता समर्पित, सहयोगी र समाजप्रति जिम्मेवार साथीहरूसँग हातेमालो गर्दै काम गर्न पाउनु मेरा लागि पनि गौरवको विषय हो। कुनै पनि कार्यक्रम वा संस्था एक्लो प्रयासले सफल हुँदैन।

यसको सफलताको पछाडि धेरै हातहरूको मेहनत, धेरै मनहरूको भावना र धेरै व्यक्तिहरूको निःस्वार्थ योगदान जोडिएको हुन्छ। त्यसैले कार्यक्रमको तयारीदेखि व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, आर्थिक तथा भौतिक सहयोग र प्रत्यक्ष सहभागितासम्म योगदान पुर्‍याउनुहुने प्रत्येक व्यक्तिको योगदान हाम्रा लागि उत्तिकै महत्वपूर्ण र सम्मानयोग्य छ।

हामी सबैको एकता, सहकार्य र सामूहिक प्रयासले नेपाली साँस्कृतिक केन्द्र घरलाई अझ उचाइमा पुर्‍याउँदै नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा अभियानलाई अझ सशक्त बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु भनेका छन् ।

त्यसैगरी नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा खेलिएको देउसी–भैलोका संयोजक दिनेश कार्किले पनि समाजिक संजाल मार्फत देउसी भैलोलाइ सफलताका साथ सम्पन्न बनाउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिएका छन् । आयोजकहरूले संकलित सहयोगबाट खर्च कटाइ बाँकी रहेको रकम नेपाली घरको खातामा जम्मा गरिने जनाएका छन्

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्