डायस्पोरा

ओमानमा विद्युतीय राहदानी सेवा सुचारु

ओमान। ओमानस्थित नेपाली राजदूतावासले मस्कटमा १३ जुलाई २०२६ देखि नै विद्युतीय राहदानी सम्बन्धी सेवा सुचारु भइसकेको जानकारी दिएको छ । दूतावासले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

दूतावासको सूचनामा एक वर्षभन्दा कम राहदानीको अवधि बाँकी रहेका नेपाली नागरिकले फारम भरी अपोइन्टमेन्ट लिएर वा सिधै राजदूतावासमा आएर राहदानी नवीकरण गर्न सक्ने जनाएको छ।

सेवाग्राहीको चाप तथा आवश्यकताअनुसार आगामी दिनमा बिदाको दिन पनि राहदानी सम्बन्धी सेवा प्रवाह गरिने दूतावासले जनाएको छ । साथै फारम भर्न तथा समय बुक गर्न नजान्नेहरूलाई समेत राजदूतावासले आफै फारम भरिदिई सेवा प्रवाह गरी फारम नभरेकै कारणले फिर्ता नगरेको पनि दूतावासको भनाइ छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्