राजनीति

अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

 

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय स्तरका अधिवेशनहरू भइरहेका छन् । 

अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार आज क्षेत्रीय अधिवेशन भइरहेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यही असोज १३ गतेभित्र प्रतिनिधि र प्रदेशसभा क्षेत्रीय अधिवेशन अधिवेशन सम्पन्न गरी सकिने क्रममा मनाङ, मुस्ताङ र बैतडीमा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

असोज १६ देखि १९ गते सम्म काठमाडौँमा हुन गइरहेको १५ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ नगर अधिवेशन सम्पन्न हुने क्रम जारी छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्