नेपाल

जलसतहले खतराको तह पार गरेपछि नारायणी नदीमा बाढीको उच्च जोखिम

चितवन । नारायणी नदी तथा यसका प्रमुख सहायक नदीमा जलसतहले खतराको तह पार गरेपछि उच्च बाढीको जोखिम बढेको छ।

जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (बाढी पूर्वानुमान महाशाखा)ले विशेष बाढी पूर्वानुमान तथा परामर्श बुलेटिन जारी गर्दै तटीय तथा तल्लो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

स्थानिय प्रशासनका अनुसार नारायणी नदीमा जलसतह खतराको तह नौ मिटरभन्दा माथि पुगी करिब ११ मिटर दर्ता भएको छ ।

जलसतह अझै बढ्दो क्रममा रहेको छ। देवघाट बाढी मापन केन्द्रका अनुसार आज दिउँसोसम्म नदीको बहाव अझै बढ्ने र अधिकतम जलसतह करिब १३ मिटरसम्म पुग्ने अनुमान गरिएको छ। आज साँझसम्मै जलसतह खतराको तहभन्दा माथि नै रहने महाशाखाले जनाएको छ।

नारायणीका प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा निकै माथि पुगेको छ भने सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदीमा समेत जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्