राजनीति

रास्वपा नेता सिंहद्वारा मेची–महाकाली पदयात्राको शुभारम्भ 

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नेता डा.अमरेश कुमार सिंहले शुरु गर्नु भएको मेची–महाकाली पदयात्राको आज जनकपुरधामबाट शुभारम्भ गराउनुभएको छ । 

पार्टी सभापति लामिछानेले डा. सिंहलाई जानकी मन्दिरको पद यात्राले शुभारम्भ गर्नुहुँदै राष्ट्रिय एकता तथा भौगोलिक एवं जातीय एकतालाई पदयात्राले अझ बढी प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले गत निर्वाचनमा मधेशले जाति र पहाडले पार्टी छोडे जस्तै डा. सिंहद्वारा हुन लागेको सद्भाव पदयात्राले राष्ट्रिय एकतालाई थप बलियो बनाउनुका साथै नेपाली जनतालाई सार्वभौम बनाउनमा थप मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

सभापति लामिछानेले नेता सिंहले गर्न लाग्नुभएको पदयात्राले राजनीतिक दल भन्दा माथि उठेर राष्ट्रिय एकताको सन्देश दिनुका साथै नेपाली जनतालाई अझ बढी सार्वभौम भएको महशुस गराउने आशा व्यक्त गर्नुभयो ।

उहाँले नेपालको राजनीतिमा लामो यात्रा गर्नुभएका डा. अमरेश कुमार सिंहको राजनीतिक यात्रा रास्वपाबाट नै अन्त्य हुने आशा व्यक्त गर्दै यात्राको विषयमा पटक पटक कुरा उठाउनुभएकाले छठ पर्वको अवसरमा जनकपुरधाम भएको बेलामा पवित्र जानकी मन्दिरबाट शुभारम्भ गराएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै रास्वपाका नेता डा. अमरेश कुमार सिंहले भोली बिहान मेचीको पुलबाट शुरु भएर माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको झुलाघाटमा पुगेर समापन हुने जानकारी दिनुभयो ।

उहाँले यो यात्रा देश समाज जोड्ने यात्रा हुनुका साथै जनताको भावना प्रत्यक्ष रुपमा बुझ्ने र त्यसको तीन कपी गरेर १ कपी पार्टी सभापति रवि लामिछाने, एक कपी सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह तथा एक कपी आफैसँग राख्ने बताउनुभयो । प्रत्येक दिन पदयात्रामा ५ घण्टा हिँड्नुका साथै ७ घण्टा आराम गरिने उहाँले बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा पार्टीका नेता मनिष झा, सहमहामन्त्री पुरुषोत्तम यादव, धनुषाका प्रतिनिधि सभाका सदस्य रामविनोद यादव सहितका अन्य नेता कार्यकर्ताहरूको सहभागिता थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्