अर्थ

बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव

काठमाडौँ । नेपालले बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रस्ताव गरेको छ ।

युएईको भ्रमणमा रहनुभएका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापार मन्त्री डा थानी बिन अहमद अल जेयोदीबिच आबुधावीमा आज भएको शिष्टाचार भेटमा नेपालले उक्त प्रस्ताव गरेको हो । त्यस अवसरमा गृहमन्त्री गुरुङले कृषि तथा सेवा क्षेत्रको विकास तथा सुरक्षा प्रविधिमा सहकार्यको प्रस्ताव गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँहरुबिच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध आयामबारे छलफल हुनाका साथै सुरक्षा निकायलाई प्रविधिमैत्री र आधुनिक बनाउने विषयमा समेत विचारविमर्श भएको थियो । नेपालले प्रस्ताव गरेका परियोजनामा औपचारिक प्रस्ताव आदानप्रदान गरी आवश्यक प्रक्रिया अघि बढाउने तथा आगामी दिनमा सहकार्य थप सुदृढ र विस्तार गर्ने विषयमा दुवै पक्षको सकारात्मक धारणा रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री गुरुङ युएईको दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन’मा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्