अर्थ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ०४ पैसा र बिक्रीदर १५३ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ८८ पैसा र बिक्रीदर १७४ रुपियाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ २८ पैसा र बिक्रीदर २०४ रुपियाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपियाँ ६३ पैसा र बिक्रीदर १८४ रुपियाँ ३५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ७० पैसा र बिक्रीदर १०७ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ९३ पैसा र बिक्रीदर १०८ रुपियाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ८८ पैसा र बिक्रीदर १२० रुपियाँ ३५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ७५ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८३ पैसा र बिक्रीदर २२ रुपियाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७६ पैसा र बिक्रीदर ४० रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९९ पैसा र बिक्रीदर ४२ रुपियाँ १५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६७ पैसा र बिक्रीदर ४१ रुपियाँ ८३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ३० पैसा र बिक्रीदर ११ रुपियाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३४ पैसा र बिक्रीदर १५ रुपियाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २६ पैसा र बिक्रीदर २३ रुपियाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ १३ पैसा र बिक्रीदर ४९९ रुपियाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ९४ पैसा बिक्रीदर ४०७ रुपियाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३९९ रुपियाँ ०७ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्