डायस्पोरा

जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशन : संजिव श्रेष्ठको नेतृत्वमा सम्पूर्ण पदाधिकारी सर्वसंवत

संयोजक प्रमोद सिटौलाले आइतवार नोभेम्बर १५ तारिख अमेरिकाको पूर्वीय समय अनुसार साँझ ६:०० बजे उद्घाटन हुने अधिवेशनलाई सफल, मर्यादित र ऐतिहासिक बनाउन अमेरिकामा रहेका नेपाली काँग्रेसका सदस्य, शुभेच्छुक र नेपाली जनसम्पर्क समिति अमेरिका सम्पूर्ण सदस्यहरुलाई सक्रिय सहभागिताको आव्ह्वान गरेका छन्।

न्युयोर्क। नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनले संजिव श्रेष्ठ शभापति रहेको नयाँ कार्यसमिति र महाधिवेशन प्रतिनिधि सर्वसंवत चयन गरेको छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशन नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक शशांक कोइरालाको उपस्थितिमा आइतवार नोभेम्बर १५ तारिख अमेरिकाको पूर्वीय समय अनुसार साँझ ६:०० बजे उद्घाटन हुने नेपाली काँग्रेसका नेता सिपि पौडेलले जानकारी दिएका छन्

नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक प्रमोद सिटौलाका अनुसार नियमित अधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले सूरज नायकको नेतृत्वमा गठन गरिएको निर्वाचन समितिले आव्ह्वान गरे अनुसार उम्मेदवारी दर्ता प्रक्रिया सकिएको र नेतृत्व सर्वसंवत चयन भएकोले अधिवेशनको उद्घाटन र समापन समारोह सहज ढंगले सम्पन्न हुने छ ।

निर्वाचन समितिका अनुसार सम्पूर्ण पदाधिकारी सर्वसंवत भएको नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा संजिव श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा फिलिप केसी, उपाध्यक्षहरुमा अविनाश नायक, बिनोद गौली, इन्द्र सिटौला,प्रेमकाजी श्रेष्ठ, राम बाहदुर देउवा, महासचिवमा सलिन बस्नेत, शिव ढकाल, सचिवमा भारत राज जोशी, दिपक कार्की, श्याम यादव र केन्द्रिय सदस्यमा राम ढकाल , बिज्नेद्र राना, बिनोद साह, जस निदाल, जोशन श्रेष्ठ, मीशन श्रेष्ठ, नवराज भट्ट, पार्वती उपाध्याय, राधा ज्ञवाली, राज कुमार श्रेष्ठ, रेणु बमजन, उमा थापा र विश्व लामा रहेका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली जनसम्पर्क समिति अमेरिकाको नियमित अधिवेशनले नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन प्रतिनिधि पनि चयन गरेको छ।

पाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन प्रतिनिधिका रुपमा चित्र कार्की, सिपि पौडेल, दिपा देवी अएर, डा बिनोद शाह, जितेन्द्र गुरुङ्ग, नवराज भाट, प्रमोद सिटौला, पुरुषोत्तम ढकाल, राजु साह, रमेश प्रसाद अधिकारी, सन्तोष लम्साल र सुमित्रा योञ्जन रहनु भएको छ।

संयोजक प्रमोद सिटौलाले आइतवार नोभेम्बर १५ तारिख अमेरिकाको पूर्वीय समय अनुसार साँझ ६:०० बजे उद्घाटन हुने अधिवेशनलाई सफल, मर्यादित र ऐतिहासिक बनाउन अमेरिकामा रहेका नेपाली काँग्रेसका सदस्य, शुभेच्छुक र नेपाली जनसम्पर्क समिति अमेरिका सम्पूर्ण सदस्यहरुलाई सक्रिय सहभागिताको आव्ह्वान गरेका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्