खेलकुद

एनपिएल : चितवन राइनोजविरुद्ध कर्णाली याक्सको जित

काठमाडौँ । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध २४ रनको जित निकालेको छ । यो जितका बाबजुद कर्णाली प्लेअफमा पुग्न भने वञ्चित भएको छ ।

उसले यसपटक सात खेलमध्ये चारमा हार तथा तीन खेलमा मात्र जित निकाल्यो । कर्णालीविरुद्ध हारको सामना गरे पनि चितवनले प्लेअफमा स्थान बनाएको छ ।

आज कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । उसका लागि कामिल मिसराले २५, उसमा मिरले अविजित २८, कुशल मल्लले १८ र देव खनालले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमासमेत रन जोड्न सकेनन् ।

बलिङतर्फ कर्णालीका लागि हुसेन तलातले ३, पवन सर्राफ र मार्क वाटले समान २÷२ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनायो । उसका लागि हुसेन तलातले अविजित ५१, आरिफुल इस्लामले ३५,, गुलशनकुमार झाले १८ र पवन सर्राफले १५ रन बनाए ।

बलिङतर्फ चितवनका लागि सलाहुद्दीन खान, उसामा मिर र कमल सिंह ऐरीले समान २÷२ तथा कप्तान सिकन्दर रजा र रिजन ढकालले १÷१ विकेट लिए । आजै अर्को खेल काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच हुँदैछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्