राजनीति

एमालेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

ललितपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ । भेलामा देशभरबाट नेता, जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका प्रतिनिधि गरी तीन हजारभन्दा धेरै सहभागी हुने एमालेले उल्लेख गरेको छ ।

भेलाको तयारीबारे समीक्षा गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले व्यवस्थापन र सहभागितासम्बन्धी तयारीको समीक्षा गरेको एमाले प्रचार विभागका प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो ।

बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले स्थानीय निर्वाचनको तयारीलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ साझा सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो । भेलालाई एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्