राजनीति

जुम्लामा बम विस्फोट : दुई घाइते, एकको अवस्था गम्भीर

नौरते नेपाली, जुम्ला । ‎जुम्लाको हिमा गाउँपालिका –२ ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार बिहान बम विस्फोट हुँदा हिमा गाउँपालिका–२ ओदी गाउँका १४ वर्षीय बलबहादुर रोकाया र १८ वर्षीय कमल थापा घाइते भएका हुन् ।

‎कमलको अवस्था सामान्य रहेको र बलबहादुरको अवस्था अलि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्षीय बालक गम्भीर घाइते हुनुहुन्छ ।

‎दाहालले विस्फोट भएको बम युद्धकालीन रहेको जानकारी दिनुभयो । गम्भीर घाइते बालकको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्