राजनीति
कोप–३१ को सारांश दस्ताबेजमा नेपालको जलवायु एजेन्डा समेट्न पहल गर्ने टर्कीको प्रतिबद्धता
काठमाडौँ । कोप–३१ सम्मेलनका क्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र टर्कीका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तन मन्त्री मुरात कुरुमबिच भेटवार्ता भएको छ।
कोप–३१ सम्मेलनको समग्र नेतृत्व तथा आयोजक राष्ट्रका तर्फबाट सम्मेलन सञ्चालनको जिम्मेवारी समेत सम्हालिरहनुभएका मन्त्री कुरुमसँगको भेटमा नेपालका जलवायु प्राथमिकता र हिमाली मुद्दाबारे छलफल भएको थियो।
भेटका क्रममा मन्त्री कुरुमले कोप–३१ को संक्षिप्त सारांश दस्ताबेजमा नेपालको एजेन्डा समेट्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, टर्कीका तर्फबाट विकासशील देशहरूका जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन आवश्यक सहयोग र सहजीकरण गर्ने बताउनुभयो।