राजनीति
कांग्रेस सभापति थापाको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ।
टिकट वितरणमै व्यस्त हुन परेपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो। नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहमार्फत थापाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो।
यो क्षेत्रबाट निवर्तमान प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएको छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनिस यादव, नेकपा एमालेबाट अभिनिस यादव, जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय यादवलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ।