सयौं उडानहरू अन्यत्र मोडिँदा अमेरिकाभर यात्रुहरू अलपत्र
सञ्चार समस्याका कारण एजेन्सीले राष्ट्रव्यापी ग्राउन्ड स्टप हटाएपछि हवाईजहाज प्रस्थान पुनः सुरु हुन सक्ने एफएएले बताएको छ।
लस एन्जलस। संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार समस्याका कारण शुक्रबार देशभरका सबै उडानहरू रोक्ने (ग्राउन्ड स्टप) आदेश जारी गरेको छ।
अलास्का र हवाईभित्रका उडानहरू तथा अमेरिकी हवाई क्षेत्रबाट बाहिरिने केही अन्तर्राष्ट्रिय उडानहरूलाई भने प्रस्थानका लागि अनुमति दिइएको छ। एफएएको यो ‘ग्राउन्ड स्टप’ आदेश शुक्रबार राति ११ बजे (पूर्वीय समय) सम्मका लागि लागू हुनेछ।
यातायात मन्त्री शन डफीले देशभरका विमानस्थलहरूबीच विमानहरूको आवागमन सञ्चालन गर्ने क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा सञ्चार समस्या देखिएको बताएका छन्। उनले एफएएका प्राविधिकहरूले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी दिए।
जनवरी २०२३ मा एफएएको एउटा मुख्य कम्प्युटर प्रणालीमा खराबी आएयता देशभर उडानहरू पूर्ण रूपमा रोकिएको यो पहिलो घटना हो। त्यसअघि, सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि यस्तो अवस्था आएको थियो।
होमल्याण्ड सेक्युरिटी (आन्तरिक सुरक्षा) मन्त्री मार्कवेन मुल्लिनले भने, “अहिलेसम्म यो हामीमाथि गरिएको कुनै दुषित वा नियोजित आक्रमण हो भन्ने कुनै संकेत देखिएको छैन। यो केवल दूरसञ्चार प्रणालीमा आएको अवरोध मात्र हो।”
उडानहरू रोकिएपछि एनबिए , एनएचएल र कलेज स्तरका धेरै खेलकुद टोलीहरू अलपत्र परेका छन्, जसले गर्दा खेलकुदले भरिपूर्ण यो सप्ताहन्त अस्तव्यस्त बनेको छ। सप्ताहन्तमा हुने खेलकुद कार्यक्रमहरू अघि, अमेरिकी फुटबल लिग, (एफएल) का टोलीहरू पनि आफ्ना खेलहरूका लागि समयमै यात्रा गर्न पाउने हुन् वा होइनन् भन्ने अन्योलमा परेका छन्।
सञ्चार समस्याका कारण एजेन्सीले राष्ट्रव्यापी ग्राउन्ड स्टप हटाएपछि हवाईजहाज प्रस्थान पुनः सुरु हुन सक्ने एफएएले बताएको छ।