खेलकुद

एनपिएलः विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धकाे खेलमा विराटनगर किङ्स ४ विकेटले पराजित भएको छ ।

आज विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा छ विकेट गुमाएर भेट्टायो । लुम्बिनीका लागि डार्सी सर्ट र आसिफ शेखले समान ४५-५, अलि शेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाए ।

विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले २ तथा रुपेश सिंह र चरिथ अशलङ्काले समान १÷१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो । विराटनगरका लागि चरिथा अशलङ्काले अर्धशतकीय इनिङ खेले । उनले ४३ बलमा छ छक्का र एक चौकाको मद्दतमा ६४ रनको इनिङ खेलेका हुन् । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन जोडे ।

लुम्बिनी लायन्सका बलिङतर्फ किशोर महतोले २, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए । लुम्बिनीको यो जितपछि विराटनगरको प्लेअफ सम्भावना समाप्त भएको छ ।

विराटनगर पराजित भएसँगै प्लेअफ समीकरण पनि पूरा भएको छ । यसपटक लुम्बिनीका साथै सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्