अमेरिका

‘धैर्य र संयम नगुमाउ, सबैलाई डोर्याउने अभिभारा काँग्रेसको काँधमा छ, जेनजीप्रति श्रद्धाञ्जली’

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले धैर्य संयम, संवाद सहित शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्। जेनजी आन्दोलनपछिको मुलुकमा उत्पन्न जटिल र गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कॊइरालाले यस्तो आग्रह गरेका हुन् ।

उनले प्रदर्शनमा ज्यान गुमाएका जेनजीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना अर्पण गर्नुभएको छ। अपिलमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

हिमालयन भ्वाइससंग विशेष कुरा गर्दै ‘जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा जीवन गुमाएका होनहार युवाहरूप्रति फेरि पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । काँग्रेस सभापति शेर बहादुर देउवा माथि भएको आक्रमण नियोजित र निन्दनीय छ । राजनीतिक दलहरु प्रति बदला पूर्ण भावना न्यायोचित घटना होइन, छानविन हुनु पर्छ । प्रमुख राजनतिक दललाई निषेध गरेर जाने कुचेष्टाले मुलुक अर्को ठुलो दुर्घटनामा पर्दछ ।

‘भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी छ’, कोइरालले भने, ‘नेताहरुको सत्ताको अहंकारले देश ठुलो दुर्घटनामा पुगेको छ। मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिड्न चाहने सबैलाई डोर्याउने अभिभारा काँग्रेसको काँधमा छ र काँग्रेसले मुलुकको संकटलाई निकास दिन पहल गर्दछ ।’

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.