राजनीति

शेखर कोइराला निकट नेता-कार्यकर्ता काँग्रेस देउवा समूहको अधिवेशनमा सहभागी हुने

काठमाडौँ। नेपाली काँग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालानिकट नेता–कार्यकर्ताहरू पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको अधिवेशनमा सहभागी हुने भएका छन्।

कोइराला स्वयं भने अधिवेशन प्रक्रियामा तटस्थ रहने भए पनि उनीनिकट नेता-कार्यकर्ताहरूले व्यक्तिगत निर्णयका आधारमा अधिवेशनमा सहभागिता जनाउने तयारी गरेका हुन्। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइरालानिकट नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुने जानकारी दिएका छन्।

उनका अनुसार अघिल्लो अधिवेशनमा पनि केही नेता-कार्यकर्ताले समूहगत निर्णयभन्दा व्यक्तिगत विवेकका आधारमा सहभागिता जनाएका थिए। यसपटक पनि त्यही आधारमा केही नेता–कार्यकर्ता अधिवेशन प्रक्रियामा सहभागी हुने उनले बताएका छन्।

यसैबीच, देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समितिहरूलाई आवश्यक निर्देशन दिएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलका अनुसार बिहीबारदेखि शनिबारसम्म वडा अधिवेशन सम्पन्न गर्ने गरी जिल्ला निर्वाचन समितिहरूलाई निर्देशन दिइएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्