राजनीति

बीपी कोइरालाको स्मृतिमा कांग्रेसद्वारा जलवायु सचेतनाका लागि ‘ग्रीन रन’ आयोजना

काठमाडौँ । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ कार्यक्रम आयोजना गरेको छ।

बुधबार बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापासहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमअन्तर्गत कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘ग्रीन रन’ आयोजना गरेको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्