राजनीति

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशन र कार्यदिशाबारे छलफल

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा पार्टीको १५ औँ महाधिवेशन तथा र पार्टीको आगामी कार्यदिशाबारे छलफल भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरू महालक्ष्मी उपाध्याय ‘डिना’, डा. प्रकाशशरण महत, गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, सरिता प्रसाईँ, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, मधु आचार्य, दिनेशकुमार यादव, उमेशजंग रायमाझी, राजीव ढुङ्गाना, अर्जुनजंगबहादुर सिंह, प्रतिमा गौतम, सुशिला मिश्र भट्ट, नानु बास्तोला, गङ्गालक्ष्मी अवाल, गणेश लामा, डा. जीवन राना, सीता थपलिया (उर्मिला) लगायतले आ–आफ्नो धारणा राख्नुभएको नेपाली काँग्रेसले जनाएको छ ।

नेपाली काँग्रेसले भदौ २३ र २४ गतेको आन्दोलन पछिको राजनीतिक अवस्थाबारे छलफल गर्न असोज २८ गते देखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो भने नेताहरू बीच सहमति जुट्न नसक्दा बैठक लम्बिँदै र पटक–पटक स्थगित समेत हुँदै आएको छ ।

विवादकै बीच कार्तिक १८ गतेको बैठकमा पार्टीका महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले पार्टीको १५ औँ महाधिवेशनका लागि दुई वटा फरक–फरक मिति र कार्यतालिका प्रस्तुत गर्नुभएपछि नेताहरू बीचको विवाद थप जटिल बन्दै गएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको र अर्को बैठक पर्सि कार्त्तिक २३ गते आइतबार बिहान साँढे ११ बजे पुन बस्ने नेपाली काँग्रेसले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.