राजनीति

राणालाई पक्राउ गरेको नभई सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरेर सुरक्षित स्थानमा लगिएको: मन्त्री पोखरेल

काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले पक्राउ गरेको नभई सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरेर सुरक्षित स्थानमा लगेको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीको एक प्रश्नमा मन्त्री पोखरेलले अपरिचित समूहबाट टेक्स्टमार्फत थ्रेट आएपछि रेस्क्यु गरेको बताउनुभयो ।

मन्त्री पोखरेलले पूर्व प्रधानन्यायाधीश राणामाथि जेनजी समूहबाट सुरक्षा थ्रेट आएको भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा समेत सत्यता नरहेको स्पष्ट पार्नुहुँदै धम्की दिने समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्