खेलकुद

अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको उपाधि मार्वलसलाई

काठमाडौं । मार्वलस इङलिस बोर्डिङ स्कुलले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । मार्वलस अपराजित रहँदै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मार्वलसले संस्कृति इन्टरनेसनल स्कुललाई ८०–४८ ले सहजै पराजित ग¥यो । मार्वलसका लागि सिनेप शाहीले २६ स्कोर गरे । उपाधिसंगै मार्वलसले २५ हजार तथा संस्कृतिले १५ हजार नगद पुरस्कार जिते ।

सुरुका ३ क्वाटरमा क्रमशः १९–६, १४–८ र २७–१२ को अग्रता बनाउदै मार्वलसले जितको महत्वपूर्ण आधार तयार गरेको थियो । अन्तिम तथा चौथो क्वाटरमा संस्कृतिले २२–२० को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।

यो वर्ष मार्वलसको यो लगातार चौथो उपाधि हो । यसअघि मार्वलसले तेजस्वी, ग्रिनफिल्ड र ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेको थियो । यि तीनै उपाधि यात्रामा पनि मार्वलस अपराजित रह्यो ।

नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को सहयोगमा भएको प्रतियोगितामा मार्वलसका रोशन कुश्वाहा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष थकिनकुमार गुरुङ र महासविच आरबी कटुवाल, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असोज ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ४० टिम सहभागी थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्