खेलकुद

२०औँ एसियाली खेलकुद: टेबलटेनिसमा इभाना–रुवीनको जोडी विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसको मिक्स डबल्सतर्फ नेपालका इभाना थापा र रुवीन महर्जनको जोडी विजयी भएको छ । 

जापानको स्काइ हल टोयोटामा आज भएको पहिलो चरणको खेलमा इभाना र रुवीनले पाकिस्तानका मुहम्मद खान र कल्सुम खानको जोडीलाई ३–० ले पराजित गरे । नेपालले पहिलो सेट ११–६ अङ्क, दोस्रो सेट ११–८ अङ्कले तथा तेस्रो सेट ११–४ अङ्कले जितेको हो । इभाना र रुवीनको जोडीले बुधबार हङकङका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छ ।

सोही स्पर्धामा नेपालका संयोग कपाली र नविता श्रेष्ठको जोडी भने पहिलो चरणबाटै बाहिरियो । मङ्गोलियाका अन्खबायर बिल्गुन र सेर ओड अन्धमाको जोडीसँग कपाली र श्रेष्ठको जोडी ३–१ पराजित भएको हो । नेपालले सुरुआती सेट ११–२ अङ्कले जितेको थियो । त्यसपछि मङ्गोलियाले लगातार तीन सेट आफ्नो पक्षमा पार्यो । मङ्गोलियाले  दोस्रो, तेस्रो र चौथो सेट क्रमशः ६–११, ६–११ र ९–११ अङ्कले जित्यो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्