खेलकुद

शेखरले आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुई स्पर्धामा खेल्ने उनले पुरुष ६५–७० केजी तौलसमूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेश गर्ने छन् ।

मंगोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन शेखरसहित ३ सदस्यीय टोली आइतबार प्रस्थान गर्ने छ ।

अफिसियलका रुपमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष प्रवीणकुमार कार्की र महासचिव घमबहादुर थापा सहभागी हुने छन् । दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेस र अम्पायर कोर्षमा पनि सहभागिता जनाउने छन् ।

महासचिव थापा भने स्वास्थ्यका कारण बिदाइमा उपस्थित थिएनन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्