नेपाल

सर्लाही सदरमुकाम मलङ्गवाको अवस्था सामान्य, खुल्न थाले पसल

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाको अवस्था सामान्य बनेको छ । शुक्रबार बिहान केहीबेर असहज स्थिति सिर्जना भए पनि अपरान्हदेखि सदरमुकामको अवस्था सामान्य बनेको हो ।

टायर बालेर प्रदर्शन हुँदा मलङ्गवामा बिहानभर बन्द भएका पसल, व्यवसाय क्रमिक रुपमा खुल्न थालेका छन् । बजार खुल्न थालेपछि मानिस अत्यावश्यक चिजवस्तु खरिद गर्न निस्किएका छन् । मोटरसाइकलसहित अन्य निजी सवारीमा मानिस महेन्द्र राजमार्गसम्म निर्वाध आउजाउ गरिरहेका छन् ।

मलङ्गवाबाट छुट्ने तथा भित्रिने बस सञ्चालन नभए पनि काठमाडौँबाट छुटेर आएका साना गाडी, मोटरसाइकल, टेम्पु लगायतका सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । कुनै पनि प्रदर्शनकारी नदेखिएकाले मलङ्गवा बजार क्षेत्रको अवस्था सामान्य बनेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मलङ्गवासहित जिल्लाभरको अवस्था सामान्य रहेको बताउनुभएको छ । बरहथवा र बयलवास बजार बन्द भए पनि जिल्लाको लालबन्दी, हरिवन, नयाँरोड, हरिपुर लगायतका बजार निर्वाध रुपमा खुलिरहेका छन् ।

सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले महेन्द्र राजमार्गस्थित हरिवन र लालबन्दीमा शनिबार बिहान सद्भाव ¥याली निकाल्ने तयारी गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्