राजनीति

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका चार जना मन्त्रीले आज राजीनामा दिनुभएको छ ।

मधेस प्रदेश सरकारमा सहभागी अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाले सामूहिक राजीनामा दिनुभएको हो ।

चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ह्वाटसपमार्फत राजीनामा पत्र पठाउनुभएको नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेतासमेत रहनुभएका अर्थमन्त्री भट्टराईले बताउनुभयो ।

“मुख्यमन्त्रीज्यू काठमाडौँमा रहनुभएको छ, त्यहीँ भएर उहाँको ह्वाटसपमा राजीनामा पत्र पठाएका छौँ”, मन्त्री भट्टराईले भन्नुभयो, “आजैदेखि लागू हुनेगरी राजीनामा दिएका छौँ ।” राजनीतिक निकासका लागि आफूहरूले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाइसकेको उहाँले बताउनुभयो ।

यसअघि गत असोज ३० गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मधेस प्रदेशमा नयाँ सरकार गठनको कसरतसमेत सुरु भइसकेको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्