लस एन्जलसको मेयर पदमा भारतीय मुलकी निथ्या रमन विजयी
सहरमा देखिएको घरबारविहीनताको समस्या र आवासको मूल्यमा भएको वृद्धिलाई सम्हाल्न नसकेको भन्दै बासको आलोचना गरेर मेयर निर्वाचित भएकी आलोचनामा मात्र रमाउने रमनले नगर प्रशासनको कडा आलोचना गर्दै मेयर निर्वाचित भएकी छिन। तर अवको उनको कार्यकालमा सहरलाई जुन परिवर्तनकारी नीतिगत सुधारको खाँचो छ, त्यसतर्फ अघि बढ्न कति सफल हुन्छिन त्यो हेर्न कार्यकालको पहिलो बर्षको योजना र उनको नेतृत्व क्षमता हेर्ने धैर्य गर्नै पर्ने हुन्छ।
पुरुषोत्तम ढकाल, लस एन्जलस। लस एन्जलको मेयर पदको चुनावी दौडमा भारतीय मुलकी निथ्या रमनले वर्तमान मेयर करेन बासलाई पराजित गरेकी छिन्। भारतीय मुलकी निथ्या रमनलेले चुनावी दौडमा देशको दोस्रो ठूलो महानगरको दुरावास्था विरुद्ध आवाज उठाउदै प्रगतिशील लस एन्जलको नारा सार्थक बनाउने वाचा गरेकी थिइन्।
डेमोक्र्याटिक सोसलिस्ट अमेरिकाको पक्ष पोषण गर्दै आएकी ४५ वर्षीया रमनले दशकौंदेखि क्यालिफोर्नियाको राजनीतिक दृश्यको स्थिरता राख्ने बर्तमान मेयर बासलाई पराजित गरेकी हुन्।
रमनले बिहीबार राति लस एन्जलसको ओरिजिनल फार्मर्स मार्केटमा समर्थकहरूलाई भनिन, ‘यो सहरले मलाई र मेरो परिवारलाई धेरै कुरा दिएको छ।’
भारतमा जन्मिएकी रमनले लस एन्जलस आप्रावासीहरुलाई स्वागत गर्ने सहरका रूपमा चिनेकी छिन। उनले यस सहरलाई ट्रम्प प्रशासनको आप्रवासनसम्बन्धी शत्रुतापूर्ण दृष्टिकोणको ठीक विपरीत उभिएको सहरका रूपमा पनि हेर्छिन्।
रमनले भनिन्, ‘अमेरिकी इतिहासको यस मोडमा, लस एन्जलसका बासिन्दाहरूले एक आप्रवासीलाई आफ्नो आगामी मेयरका रूपमा निर्वाचित गरे—यो कुराले मलाई निकै भावविह्वल बनाएको छ।’
निथ्या रमनले ४,६०,७७२ मत अर्थात् ५२.७% मत प्राप्त गरेर मेयर पदमा निर्वाचित हुदा उनकी निकटतम प्रतिद्वन्दी वर्तमान मेयर करेन बासले ४,१३,५१९ मत अर्थात् ४७.३% मत प्राप्त गरेकी छिन ।