गभर्नर न्युसमद्वारा नियुक्तिहरूको घोषणा जारी, नवनिर्वाचित जेभियर बेसेरा कठपुतली बन्दै
लस एन्जलस । नयाँ गभर्नरमा जेभियर बेसेरा निर्वाचित भैसक्त्दा पनि गभर्नर ग्याभिन न्युसमले नियुक्तिहरूको घोषणा जारि राखेका छन्
बिहिबार गभर्नर न्युसमले सोक्वेलका कोलिन ब्राउनलाई क्यालिफोर्निया जनस्वास्थ्य विभागमा राज्य महामारीविद्का रूपमा र वासिङ्टनको सिएटल निवासी जे लाप्लान्टेलाई क्यालिफोर्निया पब्लिक युटिलिटिज कमिसनमा आदिवासी मामिला सल्लाहकारमा नियुक्त गरेका छन् ।
यसैगरी न्युसमको कार्यकाल सकिनै लाग्दा नियुक्ति पाउने भाग्यमानीहरुमा सान फ्रान्सिस्कोकी मिचेला एलिएटो-पियरलाई ‘क्यालिफोर्निया सिटिजन्स कम्पन्सेसन कमिसन रहेका छन् ।
नयाँ गभर्नरमा जेभियर बेसेराले आफ्नो कार्यकाल सुरु गर्दा न्यायिक, प्रशासनिक र राजनीतिक क्षेत्रमा आफ्ना पूर्ववर्ती गभर्नर ग्याभिन न्युसमले नियुक्त गरेका विज्ञ, न्यायाधिश र प्रशासकसंग निर्भर रहेर कठपुतली गभर्नरका रुपमा काम गर्ने अवस्था निर्माण गरिएको छ।