एक्सक्लुसीभ

आहा ! ग्रामीण सौन्दर्यले सजिएको म्याग्दीको मुना गाउँ

बेनी–दरबाङ–मुना सडकमार्फत जलजला, ढोरपाटन हुँदै पूर्वी रुकुमसम्म पुग्न सकिन्छ । मुना गाउँ गुरिल्ला ट्रेक, धवलागिरि चक्रीय पदमार्ग र गुर्जा पदयात्राको प्रवेशद्वारका रूपमा समेत परिचित छ । मौलिक संस्कृति, ग्रामीण परिवेश र प्राकृतिक सुन्दरताले मुनालाई पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने संभावना छ ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ को मुना गाउँ प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीको सङ्गम हो । यहाँ परम्परागत ढुङ्गे घरहरूले गाउँको मौलिक पहिचान झल्काउँछन् ।

ढुङ्गा र माटो प्रयोग गरेर आकर्षक ढङ्गले निर्माण गरिएका चिटिक्क परेका घरहरू एकै ठाउँमा अवस्थित छन् । आधुनिकता र विकासको प्रभाव बढ्दै गएपनि यहाँको परम्परागत मौलिक स्वरूपले गाउँको छुट्टै आकर्षण कायम राखेको छ ।

गाउँपालिका केन्द्र बनेसँगै यहाँ व्यापारिक तथा व्यावसायिक गतिविधि बढ्दै गएका छन् । सडक यातायातको पहुँच विस्तार भएसँगै आधुनिक घर तथा भौतिक संरचनासमेत निर्माण हुन थालेका छन् । जनजाति समुदायको बाहुल्यता रहेको मुनामा परम्परागत संस्कृति, भेषभूषा, खेतीपाती र रहनसहन अझै जीवन्त छन् । आधुनिकता र विकासको प्रभाव बढ्दै गएपनि गाउँले आफ्नो मौलिक पहिचान र सांस्कृतिक सम्पदा जोगाइराखेको छ ।

बेनी–दरबाङ–मुना सडकमार्फत जलजला, ढोरपाटन हुँदै पूर्वी रुकुमसम्म पुग्न सकिन्छ । मुना गाउँ गुरिल्ला ट्रेक, धवलागिरि चक्रीय पदमार्ग र गुर्जा पदयात्राको प्रवेशद्वारका रूपमा समेत परिचित छ । मौलिक संस्कृति, ग्रामीण परिवेश र प्राकृतिक सुन्दरताले मुनालाई पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने संभावना छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्