नेपाल

बाढी, पहिरोलगायत विपद्का घटनामा ३५ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाढी, पहिरोलगायत विपद्का घटनामा बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाको मृत्यु भएको छ ।

त्यस्तै, धनुषा, मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोक, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपद्का घटनामा १५ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्