नेपाल

एनभिडियाकाका सीईओ हुआङद्वारा भोटेकोशी बाढीपीडितलाई १० मिलिय अमेरिकी डलर सहयोग

सान्टा क्लारा । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङले भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार र पुनर्निर्माणको लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १० मिलिय अमेरिकी डलर सहयोगको धनराशी सहयोग गरेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङले भोटेकोसी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १० मिलियन अमेरिकी डलर सहयोग गरेको पुष्टि गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।

अर्थमन्त्री वाग्लेले एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी हुआङलाई यस सहयोगका लागि धन्यवाद दिए। उनले यस सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको कुल रकम ६५ मिलियन डलर भएको जानकारी दिएका छन ।

अर्थमन्त्री वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङ सहयोग राशि प्राप्त भए लगत्तै भने, ‘नेपाल सरकारको तर्फबाट, म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० मिलिय अमेरिकी डलर सहयोग गर्नुभएकोमा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मलाई आशा छ कि परोपकारी दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिने यो ठूलो सहयोगले अन्य धेरै व्यक्तिहरूलाई पनि यस पुण्य कार्यमा योगदान गर्न प्रेरित गर्नेछ।’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्