खेलकुद

एसियाली खेलकुदको भब्य उद्घाटन

काठमाडौं। एसियाली खेलकुदको २० औ संस्करण जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भब्य समारोहबीच जापानका सम्राट नारु हितोले उद्घाटन गरे ।

उद्घाटन समारोहमा नेपाल सहित सबै सहभागी टिमले मार्च पास्ट गरेका थिए । सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टिमले मार्च पास्टमा सहभागी भएको थियो ।

बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डी खेलाडी मानमति बिष्टले नेपालको झण्डा बोकेको थिए । नेपालबाट २१ खेलमा १ सय ३५ जना खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने राखेपअन्तर्गत प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालले जनाएका छन् ।

४५ देशका ११ हजार बढी खेलाडी सहभागी छन् । जापानमा यस अघि १९५८ मा तेस्रो र १९९४ मा १२औ संस्करण आयोजना भएका थिए भने २० औ स्सकरण आयोजना भैरहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्