नेपाल
अनसनरत डा. केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बस्नुभएका प्रा.डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित वार्ता टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य(सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा तथा खेलकुद मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहनुभएको छ।
चिकित्सा शिक्षाको सुधार, सेवा प्रभावकारिता र सुशासनमा सरकार प्रतिबद्ध छ। यस क्षेत्रको सुधारका लागि प्रा.डा. गोविन्द केसीले उठाउनुभएका मागप्रति सरकार जानकार रहेको बताइएको छ। मतभेद भएका विषयमा पनि संवादका माध्यमबाटै समाधान खोजिनेमा सरकार विश्वस्त रहेको जनाइएको छ।