खेलकुद

एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । जापानमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औँ एसियन गेम्स (एसियाली खेलकुद)मा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) २०औँ एसियन गेम्सका लागि २२ खेलमा सहभागी हुने खेलाडी संख्या टुङ्गो लगाएको हो ।

एसियन गेम्स २०२६ मा १३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिएका छन् । यस्तै २२ खेलमा कूल ३२ प्रशिक्षक समावेश हुनेछन् ।

खेलाडी र प्रशिक्षक गरी कूल १६८ जना नेपालबाट जापान जानेछन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्