खेलकुद

आईएसएफ फुटबल वल्र्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने

काठमाडौं । आईएसएफ फुटबल वल्र्ड कपको २९ औं संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता अक्टोबर १७ देखि २६ तारिखसम्म हुनेछ ।

खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आईज्याक शाही र आर्गेन तुलाधर रहेका छन् । टोलीमा १६ देखि १८ वर्ष उमेरसमूहका खेलाडी छन् ।

टोली नेतामा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी समितिका सदस्य समेत रहेका विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) का महासचिव राजकुमार कार्की तथा अफिसियलमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भूवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई छन् । प्रशिक्षकमा थमन भुसाल र सन्तोष न्यौपाने छन् ।

छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको महासचिव कार्कीले बताए । ‘छनोटमा ३७२ खेलाडी सहभागी थिए । त्यसबाट पहिलो चरणमा हामीले ४० खेलाडी छान्यौं । ४० बाट २० खेलाडीको अन्तिम छनोट गरिएको हो ।’– महासचिव कार्कीले भने ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपकी सदस्य मोनालिशा खम्बूलगायतले बिदाइ गरे ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्