खेलकुद

आईएसएफ फुटबल विश्वकपका लागि छनोट खेल सुरु

काठमाडौं । आईएसएफ फुटबल विश्वकपका लागि खेलाडी छनोट प्रतियोगिता च्यासलमा सुरु भएको छ । छनोटमा करिब ३ सय खेलाडीको सहभागिता रहेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका आईएसएफका कार्यकारी समितिका सदस्य राजकुमार कार्कीले जनाएका छन् ।
छनोटको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्याञ्जनकारले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका उपमहासचिव भुवनलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख सल्लाहकार ब्याञ्जनकारले छनोट प्रक्रियामा सहभागी सबै खेलाडीलाई शुभकामना व्यक्त गरे ।
छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले अक्टोबर १७ देखि २६ तारिखसम्म चीनमा हुने आईएसएफ फुटबल विश्वकपमा सहभागिताका लागि अवसर प्राप्त गर्ने छन् ।
About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्