नेपाल
भोटेकोसी बाढी: माथिल्लो त्रिशूली-१ को टनेलभित्र ११ जनाको शव फेला, खोजी जारी
काठमाडौँ। रसुवास्थित भोटेकोसीमा गत भाद्र १० गते आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएकाहरूमध्ये ११ जनाको शव फेला परेको छ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा आज आयोजनाको अडिट-३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला पारेको हो।
नेपाली सेनाका अनुसार बाढीमा परी अझै सम्पर्कविहीन रहेका अन्य व्यक्तिहरूको खोजी कार्य तीव्रताका साथ जारी छ।