नेपाल

कर्फ्यु आदेशसंगै धनुषामा सेना परिचालन

जनकपुर। स्थानीय प्रशासनले धनुषाका विभिन्न क्षेत्रमा उत्पन्न सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी पत्र अनुसार अर्को आदेश नभएसम्मका लागि तोकिएका चार किल्लाभित्र कर्फ्यु आदेश जारी गरिएको हो।

प्रशासनका अनुसार पूर्वतर्फ बेलौनी रोड-एम.क्यू. स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, पश्चिमतर्फ सिनुरजोडा-सोहनी-मनिमण्डप-नेपाल नर्सरी-इस्कोन जनकपुर-दुधमती पुल, बेला, कादरी मस्जिद, उत्तरतर्फ लक्ष्मिनिया हाटबजार चोक (लक्ष्मिनिया गाउँपालिका-७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म र पूर्वमा लक्ष्मीपुर वगेवासम्म तथा दक्षिणतर्फ नगराईन नगरपालिकादेखि नगराईन चोक वरपरको क्षेत्रसम्म कर्फ्यु लागू गरिएको छ।

सो तोकिएको क्षेत्रमा शान्ति-सुरक्षाको अवस्था सुदृढ बनाउन र स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १(क) र २ बमोजिम नेपाली सेना, विष्णुदल गण (महेंद्रनगर ब्यारेक) लाई परिचालनका लागि अनुरोध गरिएको छ।

कारबाहीका क्रममा शान्ति-सुरक्षाको स्थिति नियन्त्रणमा राख्न आवश्यकता अनुसार न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार नेपाली सेनालाई प्रत्यायोजन गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्